Thaha

Tuesday 30 April - 1:09 pm NST

काठमण्डौं, १९ पुस । भारदेउका महिला कृषि तर्फ आकर्षित, एक दिने कृषि मेला सम्पन्न


काठमण्डौं, १९ पुस । 
घरेलु मदिरा उत्पादन गरेर गुजारा चलाउँदै आएका ललितपुर भारदेउका महिलाहरु पछिल्ला दिनहरुमा कृषि कर्मप्रति आकर्षित भएका छन् । स्थानिय युवा तथा राजनैतिक दलका अगुवाहरुको पहलमा अहिले गाउँमै सामुहिक तरकारी खेति, माछा र बंगुर पालनमा बढि संलग्न हुन थालेका हुन् । जिल्ला कृषि विकास कार्यलयले पनि भारदेउका बासिन्दालाई कृषिमा आकार्षित गर्न कृषि मेला आयोजना गरेको छ ।

स्थानिय जातका उत्पादनलाई प्रोत्सहान गर्न एक दिने मेला आयोजना गरिएको भारदेउका युवा अगुवा गोपी सिङतानले जानकारी दिनुभयो । गाविसको वडा नम्बर ८ मा रहेको गुप्तेश्वरी निमाविमा भएको मेलामा दक्षिणी ललितपुरका गोटिखेल, चन्दनपुर, मानिखेल, बुखेल, शंखु, दलचोकि, चौघरे र नल्ल, लेले, चापागाउँलगायतका कृषकहरुले भाग लिएका थिए ।

मेलामा स्थानिय जातका काउली, बन्दा, मुला, रायोको साग, उखु, खुर्सानी, लसुन, प्याज, काँंक्रो, फर्सीका साथै फलफूलहरु अलुवावेद, ज्यामिर, सुन्तला, बिमिरो राखिएको थियो । मेला ५ सय २३ जना कृषकको सहभागिता रहेकामा ती मध्येबाट ४२ जना कृषकलाई पुस्कृत समेत गरिएको छ ।